Mental Health Page (मनोस्वास्थ्यको पाना)
Sunday, June 15, 2025
Wednesday, September 11, 2024
आत्महत्या रोकथाममा चालिएका पाइलाहरु फर्केर नियाल्दा (Reflecting back to the Endeavors directed at Suicide prevention)
Professor & Head, Department of Psychiatry,
B.P. Koirala Institute of Health Sciences (BPKIHS), Dharan, Nepal.
Email: drdhanashakya@yahoo.com
केही दिन पहिले केन्द्रबाट नै यसबारे काम गर्न बन्ने समितिमा बसिदिन आग्रह भएकोले आमन्त्रण गरेको कल पनि आयो । आज आत्महत्या रोकथाम दिवसमा यस विषयमा केही कुरा पस्कँदैछु ! जसको सरोकारको विषय हो तिनले समस्याको अपनत्व लिएर जागरुक भई त्यस विषयमा केही गर्दा नै समाधानको सम्भावना हुन्छ र यही मर्ममा हामीले आत्महत्या रोकथामको पवित्र अभियानलाई अगाडि लानु परेको छ ।
आत्महत्या, कारण र मनोरोग:
हामीकहाँ मनोरोगको खतरा ज्यादा देख्छु। यसबाट बचाउने बचावटका तत्वहरू भने कम देखा पर्छन् । (9-13) रोग लागि हालेमा उपचार व्यवस्थापनको पूर्वाधार, जनशक्ति, सेवा सुविधा, जन-जागरुकता, सरकारको कार्यनीतिमा प्राथमिकता सबै सबै नाम मात्रका देखिन्छन् । यस्तो अवस्थामा आत्महत्याको समस्या विकराल हुनु स्वाभाविक हो। किनकि मानसिक रोग नै आत्महत्याको प्रमुख र प्रत्यक्ष कारक तत्व हो । मानसिक रोगको समयमै पहिचान, निदान र उपयुक्त उपचार गर्नु नै आत्महत्या रोकथामको एक महत्वपूर्ण उपाय हो। मनोसामाजिक प्रतिकुलता पनि सँगै गाँजिएर आत्महत्यासँग सम्बन्धित हुन्छन्; (14-17) तिनको पनि यथोचित सम्बोधन आत्महत्या रोकथामको लागि आवश्यक हुन्छ ।
आत्महत्या रोकथाम दिवस:
यस वर्ष सन् २०२४ को नारा (Changing the Narrative on Suicide. Start the Conversation.) ले फेरि झक्झक्याएर संवादको सुरुवात गरौँ भनेको छ । हरेक वर्ष एक नयाँ इन्साइट सहित नयाँ सिराबाट प्रयास अगाडि बढाउने हो । जीवन जोगाउने यो अभियानमा जनचेतना, जागरुकता, सकारात्मक सोच, वैज्ञानिक पहुँच र जुझारु पाइलाको विकल्प हुनै सक्दैन । (18) आत्महत्या जस्तो संवेदनशील र उच्च महत्वको सूचकमा सकारात्मक सुधारको लागि सबै जिम्मेवार हुनु पर्छ । व्यक्ति, परिवार, समाज, राज्य संयन्त्र र सेवाप्रदायक सबैले आआफ्नो भूमिका निभाऔं ।
आत्महत्या रोकथाम र व्यवस्थापन उपचार:
यदि कसैमा आत्महत्याका खतरासुचक लक्षणहरु (warning signs) देखिएका छन्, नशासेवन गर्न थालेको वा त्यसमा हालै बृद्धि भएको छ, (19) हालै ठूलै तनाब परी (17) मनोरोगका विभिन्न लक्षणहरु देखा परेका छन्, निरासा र आत्महानीका र हरेस खाएका अभिब्यक्ति र ब्यवहारहरु देखिएका छन् भने तिनलाई नजरअन्दाज नगरौं (acknowledge) । आत्महानी र हत्यामा प्रयोग हुनसक्ने माध्यम, सामग्री तथा स्थानप्रति सतर्कता अपनाऔं । खतरामा रहेका ब्यक्तिलाई एक्लै नछाडौं (care) । व्यक्ति र परिवारले मानसिक समस्या र तनावको समयमै पहिचान, निदान र व्यवस्थापन उपचारको लागि सुसुचित होऔँ (treat) ।
आत्महत्याबारे संवादको थालनी गरौं । आफ्ना पीडा र समस्या शुभचिन्तक र सेवाप्रदायकसँग बाँडौं । परिवार, साथीभाई, नातागोताले आफूबाट कसैलाई आत्महत्यातिर धकेल्ने बोलीव्यवहार नगरौं । सके सहयोग गरौं; मानसिक रोगका लक्षणहरू देखिएमा उपचारको लागि सहायता गरौँ। समाज र राज्य संयन्त्रले यसको गाम्भीर्यता बुझेर यसको जनचेतना र आवश्यक सेवा सुविधाको लागि पहल गरौं । शिक्षक, पत्रकार (18,20) र प्रबुद्ध वर्गले यसका लागि आवश्यक पैरवी गरौं । सबैले मिलेर आवाज यसरी उठाउँ कि वर्षैभरि ध्वनित भैरहुन् ।
कसैलाई आत्महत्याको सोच, हुट्हुटी, विचार आएमा वा यसको कालो छाया मात्र लागेमा पनि सजग भई जीवन रक्षार्थ र स्वास्थ्य पुन: प्राप्तिका लागि उपयुक्त कदम उठाऔं । हामीकहाँ हामीलाई आत्महत्यातिर धकेल्ने खतराका तत्त्वहरूबारे चिन्तन, मनन र अनुसन्धान गरी तिनको यथोचित सम्बोधन पनि गर्दै जाऔं । आत्महत्या एक बहुआयामिक समस्या हो। सामाजिक, शैक्षिक, स्वास्थ्य, आर्थिक र अरु धेरै कुराहरुसँग सम्बन्धित हुने भएकोले त्यसै अनुसार विकास, शिक्षा, स्वास्थ्य, आर्थिक जस्ता विविध आयाम सहितको व्यापक संयन्त्रयुक्त समाज, देश र युगमा विकास र परिवर्तनको अभियानले नै मात्र यसमा पूर्णता हासिल हुनेछ ।
फेरि पनि भन्छु-
आत्महत्याको समस्यालाई यथार्थ परक ढंगले बुझौं । वैज्ञानिक दृष्टिकोणले सम्बोधन गरौं । आऔं, आत्महत्या रोकथामबारे संवादको थालनी गरौं। यो हाम्रै समस्या हो। यसको रोकथाम र व्यवस्थापन सम्भव छ । जागरुक भएर यसको सामना गरौं । यसको लागि समयमै तनाव व्यवस्थापन तथा मानसिक रोगको निदान र उपचार गरौं। आहार, विहार, विचार र वातावरणमा अनुकूलता ल्याई समग्र स्वास्थ्यको प्रवर्द्धन गरौं र आत्महत्या दूर गरौँ । सबैलाई शुभकामना ।
स्कुल, क्लब, सङ्घ–संस्था, समाज, उद्योगहरू मार्फत् यसबारे आवश्यक जानकारी, ज्ञान दिएर सबलाई सबल बनाउन कार्यक्रम आवश्यक हुन्छ । यसबारे जानकारी सबैलाई जरुरी हुन्छ । (18,21) त्यसैले यो सामग्री बढीभन्दा बढी मानिसहरू, आफ्ना प्रियजन, आफन्त, नातागोता, साथीभाइ, सहकर्मीहरूसम्म पुर्याउन, शेयर गर्न हार्दिक अनुरोध गर्दछु ।
- Shakya DR, Sapkota N, Nepal S, Kunwar M, Thapa A. Souvenir and Abstracts from PANCON Dharan 2019. J Psychiatr Assoc Nepal. 2019;8(3).
- Thesis Projects guided by Dhana Ratna Shakya, MD-Psychiatry. https://www.researchgate.net/publication/381196301_Thesis_Projects_guided_by_Dhana_Ratna_Shakya_MD-Psychiatry
- Shakya DR. Department Of Psychiatry, BPKIHS And It’s Contribution To Mental Health Literature Of Nepal. J Psychiatr Assoc Nepal. 2014;3(1):48-57.
- Shakya DR. Why to learn and talk about mental illness and suicide? Souvenir- ANEMECON-2006, Blast khabar, Parikrama.
- Shakya DR. Our Research Efforts to understand Suicide problem in Nepalese context. https://www.researchgate.net/publication/354477242_Our_Efforts_to_understand_Suicide_problem_in_Nepalese_context
- Shakya DR. Suicide and Mental illness- Our Responsibility (आत्महत्या र मनोरोगः हाम्रो दायित्व) https://www.researchgate.net/publication/249010121_Suicide_and_Mental_illness-_Our_Responsibility
- Rizyal A. Suicide and Mental Illness: Our Responsibility- Book review. https://www.researchgate.net/publication/249010125_Suicide_and_Mental_Illness_Our_Responsibility-_Book_review-_by_Rizyal_A
- Shakya DR, Shyangwa PM, Shakya R. Psychiatric Emergencies in a Tertiary Care Hospital. J Nepal Med Assoc. 2008 Jan. 1;47(169).
- Shyangwa PM, Shakya DR, et al. Community Based Survey on Psychiatric Morbidity in Eastern Nepal. J Nepal Med Assoc. 2014;52(196):997-1004.
- Mental health & Mental illness- Our Responsibility (मानसिक स्वास्थ्य र मनोरोग: हाम्रो दायित्व) https://www.researchgate.net/publication/249009848_Mental_health_Mental_illness-_Our_Responsibility_manasika_svasthya_ra_manoroga_hamro_dayitva
- Pandey AK, Shakya DR, Sapkota N, et al. Clinical Correlates Associat-ed with Suicide Attempters at a Tertiary Care Centre of Eastern Nepal.Int J Sci Stud. 2015;3(1):4–8.
- Sapkota N, Pandey A, Shyangwa P, Shakya DR, Thapa D. Hundred psychiatric out-patients presented with attempted suicide. Health Renaissance. 2011;9(3):162-7.
- Yadav AK, Rai BK, Bhandari R, Shakya D, Gupta P, Moore M, Budhathoki S. Methods used and reasons for deliberate self harm: A cross-sectional study in acute care setting of Eastern Nepal. Health Renaissance. 2017;13(2):92-104.
- Shakya DR. Common Stressors among Suicide Attempters as Revealed in a Psychiatric Service of Eastern Nepal. J Trauma Stress Disor Treat. 2014.3:3.
- Sherchan (Bhattachan) S, Shakya DR, Sapkota N,Gautam (Joshi) R, Basnet M, Deo BK. Stressors among psychiatric out-patients with suicide attempt attending tertiary care hospital in Eastern Nepal. Quantum Journal of Medical and Health Sciences1(1): 21-27.
- Sherchan (Bhattachan) S, Shakya DR, Sapkota N, Gautam (Joshi) R, Basnet M, Deo BK. Personality Traits among Psychiatric Out-patients with Suicide Attempt Attending Tertiary Care Hospital in Eastern Nepal. International J. of Biomed Research. 2021) 1(4);
- Shakya DR. Stress Management- A Way Ahead. J BPKIHS. 2020;3(1):1-8.
- Shakya DR. Suicide and Information Dissemination. https://www.researchgate.net/publication/373829698_Suicide_and_Information_Dissemination
- Shakya DR. Alcohol use/abuse in suicide attempters: a study in psychiatric out-patient clinic of a teaching hospital of eastern Nepal. MOJ Addict Med Ther.2018;5(1):25-29.
- Basnet M, Thapa P, Shakya DR, Nepal S, Rai N, Shrestha KK. Knowledge, Attitude, and Practice Regarding Media Reporting on Suicide among Media Persons of a Province. JNMA J Nepal Med Assoc. 2024 Feb 24;62(270):129-135.
- Shakya DR. Information about Suicide (आत्महत्याको रोकथाममा हाम्रो दायित्व) (Nepali leaflet for clients). 2006.
Wednesday, December 20, 2023
शिशु-आमाबीचको मनोस्वास्थ्य सम्बन्ध
link- https://ekantipur.com/opinion/2023/12/13/the-infant-mother-mental-health-relationship-08-11.html
डा. धनरत्न शाक्य
शिशुको स्वास्थ्यको आधार नै आमाको स्वास्थ्य हो । आमासँगको सम्बन्ध र सामीप्यबाट बच्चाको अस्तित्व र विकासको आधार तयार हुने गर्छ । आमाबाटै सहारा र भरोसा मिल्छ । बच्चाको प्रवृत्ति, स्वभाव र व्यक्तित्व धेरै हदसम्म आमाबाटै सरेको हुन्छ । कुनै पनि विषय वा तनावलाई हेर्ने, बुझ्ने र त्यसप्रति प्रतिक्रिया जनाउने तरिका बच्चाले आमा र बुबाबाटै सिक्छ ।
बच्चाको शरीरका कोषहरू र वंशाणु आमाबुबाबाटै जाने हुन् । राम्रा गुणहरूसहित रोगको सम्भावना पनि सर्ने गर्छ । आमाको पोषण र स्वास्थ्य स्थितिले प्रत्यक्ष रूपमै शिशुको समग्र स्वास्थ्यमा प्रभाव पार्छ ।
बच्चा गर्भमा हुँदा त आमाको अवस्थाको अझ सिधा असर पर्ने हुन्छ । शरीरको मात्र नभई मनमस्तिष्कको प्रारूप, आधार र खाका दूरगामी हिसाबले यही बेला तय र तयार हुन्छ । अतः आमाबाट बच्चामा वाञ्छित प्रभाव परोस् भन्न गर्भावस्थामा ध्यान दिनुपर्ने प्रमुख पक्षहरू हुन्— सन्तुलित र स्वस्थ आहार, पेयजल, पोषण, संक्रमणबाट बचावट, तनाव व्यवस्थापन, व्यायाम ।
गर्भवती महिला र गर्भमा रहेको बच्चालाई एउटा एकाइका रूपमा हेर्न सकिन्छ । यी दुई परस्परमा सम्बन्धित र धेरै पक्षमा पूरक पनि हुन्छन् । हरेक महिला वास्तवमा सन्तानमा पुगेर आमामा रूपान्तरित हुन्छिन् । अर्कातिर, आमा नै शिशुको अस्तित्व, स्वास्थ्य र नियतिको आधार,निर्णायक र निर्धारकसम्म हुने गर्छिन् । आमाबाट कुनै पनि रोगबाट बच्ने बचावटका तत्त्व/आधार र रोगतिर धकेल्ने जोखिम/खतराका तत्त्वहरूसमेत बच्चामा जान्छन् ।
आमाको तनावले आमा स्वयंलाई असर परे जस्तै गर्भको शिशुलाई पनि विभिन्न हिसाबले, कतिपय त अझ गम्भीर रूपमा असर पैदा हुन सक्छ भनिएको छ विभिन्न प्रतिवेदनमा । हल्का तनाव (जस्तै— शारीरिक व्यायाम, मानसिक सक्रियता आदि) ले धेरै हदसम्म अनुकूल प्रभाव ल्याउँछ । यसले शिशुको कोष विकासमा बढावा दिन्छ । मध्यमदेखि कडा खालको तनाव (जस्तै— घरेलु हिंसा, यातना, दुर्व्यवहार, विपत्ति आदि) ले भने प्रतिकूल असरहरू निम्त्याउने गर्छ । तनावबाट आमामा डिप्रेसन, एन्जाइटीजस्ता मानसिक अस्वस्थता देखिँदा हर्मोन, स्टेरोइड, स्नायु रसायन, रिसेप्टर, वंशाणुकै तहमा असरहरू सालनाल वा दूधका माध्यमबाट बच्चामा प्रसारित, वितरित हुन्छ ।
सुषुम्नाको झिल्लीमा असर पार्ने र सुन्निएर त्यसका माध्यमबाट पनि यी कुरा शिशुमा प्रसार भई मनमस्तिष्कको बनोट, विकास, परिपक्वतामा प्रभाव पर्ने हुन्छ । यस्तो असर तत्कालीन, अल्पकालीन र दीर्घकालीन, दूरगामीसमेत हुन सक्छ । यस्तो असर बच्चाको मस्तिष्कका विभिन्न भागको बनावट, स्नायु रसायन, स्नायु रिसेप्टरहरूको संवेदनशीलता वा विद्युतीय–रासायनिक तहमा गडबडी पैदा भई व्यक्तिको प्रवृत्ति, स्वभाव र लक्षणको तहसम्म पुग्न सक्छ । यस्तो असरले बच्चामा चिडचिडापन, छटपटी, कमजोरी, अनिद्रा, चकचकेपना, अरुचि, एकाग्रता–स्मरण शक्तिमा समस्या हुन सक्छ । अनि बच्चाको वृद्धि, विकास, परिपक्वता, समायोजन आदिमा गतिरोध भई डिप्रेसन, एन्जाइटी, एडीएचडी, अटिजम, साइकोसिस, सुस्त मनस्थितिलगायतका रोग उत्पन्न हुन सक्छन् । आमाले गर्भावस्थामा गरेको सुर्ती–गाँजाको सेवन, धूमपान, मद्यपानलगायतले बच्चाको मनमस्तिष्क र विभिन्न भागमा असर पर्न जान्छ ।
आम रूपमा गर्भावस्थामा कुनै पनि रोगको उपचार गर्न हिचकिचाहट हुन्छ । हुन पनि जथाभावी औषधि सेवन गर्नु बच्चाका लागि खतरनाक सावित हुन सक्छ, सावधानी जरुरी छ नै । मानसिक रोगको सवालमा उपचारमा जान सामान्य अवस्थामा आनाकानी हुन्छ भने गर्भवती महिलाको सवालमा त झनै हुने नै भयो । तर जति–जति यस विषयमा अध्ययन–अनुसन्धानबाट तथ्यहरू अगाडि आए, त्यति–त्यति के प्रस्ट हुँदै गएको छ भने, जति चाँडो आमाको मनोभावनात्मक रोग र तनावको पहिचान गरी उपचार गर्न सक्यो, त्यसबाट बच्चामा देखा पर्न सक्ने मानसिक प्रतिकूलता उति छिटो कम गर्न सकिन्छ ।
आमालाई मानसिक रोग लागेको अवस्थामा खुवाइएको औषधिबाट बच्चालाई हुने फाइदा सम्भावित प्रतिकूलताका तुलनामा धेरै गुणा ज्यादा हुन्छ । त्यस्ता सम्भावित असरहरू पनि सतर्कता अपनाउन सके घटाउन सकिन्छ, उपचारले आमालाई हुने फाइदा त आफ्नो ठाउँमा छँदै छ । अतः गर्भवती महिलाको कडा खालको तनाव र मानसिक रोगहरूको उपचार बच्चा र आमा दुवैको हितका लागि समयमै दक्ष चिकित्सकबाट गराउनु अति जरुरी हुन्छ ।
-शाक्य बीपी प्रतिष्ठान, धरानका मनोरोग विभाग प्रमुख हुन् ।
प्रकाशित : मंसिर २७, २०८० ०८:३७Sunday, December 4, 2022
Our Efforts to Appraise Cannabis Problem in Nepalese Context-
https://www.researchgate.net/publication/365184968_Our_Efforts_to_Appraise_Cannabis_Problem_in_Nepalese_Context
Friday, May 6, 2022
कोविड लगायतका प्रतिकूल परिस्थितिमा कसरी अघि बढ्ने भन्ने बौद्ध पहुँचबारे प्रकाशित जर्नल आर्टिकलः
Shakya DR, Bajracharya NM (2021) Buddhist Way of Looking into COVID-19 Pandemic. Ann Psychiatry Ment Health 9(2): 1165
https://www.researchgate.net/publication/353907730_Buddhist_Way_of_Looking_into_COVID-19_Pandemic
https://www.researchgate.net/publication/353907730_Buddhist_Way_of_Looking_into_COVID-19_Pandemic