Saturday, May 3, 2014

निसाको सीमा

वैशाख १८ -
परिदृश्य :
-    सत्तरी वर्षका घले बूढाबा मैंले थाहा पाएदेखि राति १०० मिली जति वाइन लिनुहुन्छ ।
-    अरू बरु छोडिएला, चुरोट चाहिं खोई.......।
-    लहलहैमा  थालियो सुई लिन....... अब निल्नु न ओकल्नु भएको छ यो बानी ।
-    शिवरात्रिमा परसादी भनेर गाँजा तानेको, यामे त बहुलाएछ रे..... ।
-    थाहा छ बिगार्छ तै नलिई भा'छैन..... के गर्ने?


कुनै पनि चीज, रसायन वा वस्तु जसको सेवनले मनमस्तिष्कका कामगराइमा कुनै हिसाबले असर पार्छ, त्यसलाई मादक वा नशालु वा लागूपदार्थ (psychoactive substance) भनिन्छ । यस्ता पदार्थले मात्, निसा वा नशा लागेर प्रयोगकर्ताको होस, ज्ञान, व्यवहार, बोली, अनुभव, भावना, विचार, इन्दि्रय ज्ञान लगायत निर्णय क्षमतामा असर पार्ने गर्छ । 

Link- http://www.ekantipur.com/qatar/news/news-detail.php?news_id=207320#.U2XFJJe9EkI.facebook