Sunday, June 8, 2014

स्वस्थ मनको लागि : समस्या समाधान 
(PROBLEM SOLVING: for Healthy Mind
समस्या मानव जीवनको अभिन्न अंश नै बनेको छ । समस्या जति गम्भीर छन्, समस्याग्रस्त व्यक्तिको समस्याप्रतिको नजरिया र प्रतिक्रिया समस्याको असर निक्र्यौल गर्नमा त्यतिक्कै र अझ बढी उत्तरदायी भएको देखिन्छ । समस्याहरु विश्लेसन गर्ने हो भने मूलतः दुई खालका हुन्छन् । धेरै समस्याका भने प्रायः समाधानका उपायहरु हुने गर्छन् । जहाँसम्म समाधानको गुन्जायस हुन्छ, समाधानको उपाय नै उत्तम हुन्छ । समस्यै समस्या भएको जीवन र जगतमा कुन समस्याको समाधान खोज्ने पहिले? समस्या समाधानका लागि जति यसको सटिक निदान र विश्लेसन जरुरी छ, त्यत्ति नै अरु चरणहरु पनि महत्वपूर्ण छन् ।
for detail reading, please click-  

Sunday, June 1, 2014

आज : निकोटिनको कुरा (Today : Talk of Nicotine)

मे ३१ का दिन संसारभर ‘विश्व धूमपानविरोधी दिवस’ मनाउने चलन बसेको धेरै भइसक्यो । यस दिन निकोटिन वा सुर्तीजन्य पदार्थहरुबाट सिर्जित समस्याहरुबारे मनन् र जनचेतना अभिवृद्धि गर्ने तथा उपयुक्त कदमका लागि पैरवी गर्ने मूल प्रणसहित कार्यक्रमहरु हुन्छन् । यस वर्ष (सन् २०१४) यसको रोकथामका कार्यक्रमहरुको प्रभावकारिताबारे मूल्याङ्कन गरी यसमा करको दर बढाउादा यसको प्रयोग र समस्यामा कमी आएकोले कर वृद्धि गरी उठेको कर यसैको रोकथाम र अन्य कार्यक्रममा लगानी गर्नुपर्ने अवधारणासहित यो दिवस मनाइदैछ । यस अवसरमा यहा निकोटिन र यसका समस्याबारे चर्चा गरिदैछ ।
परिचय:
मन–मस्तिष्कलाई असर पार्ने पदार्थहरुको कुरा गर्दा अक्सर बिर्सिने तर अत्यधिक लत लगाउने नशालु चिज हो, निकोटिन । निकोटिनयुक्त पदार्थहरु मूलत: चुरोट, बिाडी, सिगार, तमाखु, कङ्कड, सुल्पा जस्तो धुवा तान्ने (smoking) र सुर्ती, जर्दा, पान मसला, नस, गुट्खाजस्ता धुावारहित (smokeless) रुपमा सेवन गर्ने चलन छ । निक्कै पहिलेदेखि नै शुरु भएको भए पनि यी पदार्थको प्रयोगमा बीसौं शताब्दीमा उल्लेख्य वृद्धि भएको थियो  । ...................
by Dr. Dhana Ratna Shakya, MD (Published in Blast Times National, 31 May 2014). For Detail reading, please click the link-                              
http://blast.com.np/newsdetail-8433-10.html