Friday, November 27, 2015
Saturday, November 14, 2015
Thursday, October 29, 2015
Sunday, October 25, 2015
Global Bioethics Enquiry (GBE) : The scholarly publication of the UNESCO chair of bioethics 2015 Vol 3
Nice to share our article "Bio-ethics : for the Welfare of both Health Service Provider and Consumer"Link-
https://www.researchgate.net/publication/283089368_Bioethics_for_the_Welfare_of_the_Health_Service_Provider_and_Consumerin
Global Bioethics Enquiry 2015 Volume 3
Contents
1. Medical Education and Ethics - Editorial2. Basic Principles of Bioethics in Islamic Perspective
3. Bioethics in Undergraduate Medical Curriculum – A review from the Indian Subcontinent
4. Ethics and the Practice of Laparoscopy
5. The Ethics of Palliative Care: A Narrative Review - Where Do We Stand Today?
6. Assessment of Knowledge of Bioethics among Students and researchers of Medical Biotechnology – A Study from eastern part of India
7. Bioethics and Dental Education Strategies
8. Bio-ethics : for the Welfare of both Health Service Provider and Consumer
9. Informed Consent and Geriatric Psychiatry: a clinical and research viewpoint
Student Wing Section
1. Children in Armed Conflicts and Child Soldiers in Africa: Ethical and Human Rights Issues
2. Movie as a teaching-learning method for medical ethics: An investigational study with Undergraduate Medical Students
3. The Doctor and the Digital age: Ethics of eMedicine
4. Students’ involvement in teaching learning of bioethics in undergraduate medical course
5. A Student’s Thoughts on Ethics in Medical Profession
Thursday, October 8, 2015
World Mental Health Day: Dignity in Mental Health
(Octeber 10, 2015)
विश्व मानसिक स्वास्थ्य दिवस (अक्टोवर १०, २०१५)
महाभुकम्पले भत्केको; बाढीपहिराले थिल्थिलो पारेको; बन्द हडताल, नाकाबन्दीले छट्पटिएको अनि शोसकहरुले निचोरिएको नेपाली मन..... मर्यादित मानसिक स्वास्थ्य सेवा खाली नारा नबनोस् : एक सपना सहि देख्न नछाडौं । आजका लागि यत्ति नै शुभकामना ।
भुखाचं दुंगु, खुसिबाः चलं वयाः थले जुगु, बन्द हडताल नाकाबन्दीं वाथावाथा कंगु अले शोसकतपाखें तिसिना वांछ्वगु नेपामिया मन .......... मर्यादित मानसिक स्वास्थ्य सेवा नारा जक मजुइमा : छगु म्हगस हे सहि, खंकेगु तोमते । थौंयात थुलि हे भिन्तुना ।
महाभुकम्पले भत्केको; बाढीपहिराले थिल्थिलो पारेको; बन्द हडताल, नाकाबन्दीले छट्पटिएको अनि शोसकहरुले निचोरिएको नेपाली मन..... मर्यादित मानसिक स्वास्थ्य सेवा खाली नारा नबनोस् : एक सपना सहि देख्न नछाडौं । आजका लागि यत्ति नै शुभकामना ।
भुखाचं दुंगु, खुसिबाः चलं वयाः थले जुगु, बन्द हडताल नाकाबन्दीं वाथावाथा कंगु अले शोसकतपाखें तिसिना वांछ्वगु नेपामिया मन .......... मर्यादित मानसिक स्वास्थ्य सेवा नारा जक मजुइमा : छगु म्हगस हे सहि, खंकेगु तोमते । थौंयात थुलि हे भिन्तुना ।
Saturday, October 3, 2015
मानसिक जाँच परीक्षण :
(कान्तिपुर कतार अंक असोज १४, २०७२ मा प्रकाशित ।)
परिदृश्यः - साइक्याट्रिष्ट हो, हेरेरै मनको कुरा थाहा पाउँछन् भनी हाँसोको पात्र धेरै बनिन्छ ।
- कति लामो कुरा र जाँच हो भनेर मनोस्वास्थ्य परीक्षणको टिप्पणाी गरेको पनि सुन्छु म ।
- कुरै मात्र गरियो, शुल्क पचाउने तरीका भनी आवश्यक मात्र औषधी लेख्ने चिकित्सकको खिल्ली उदाएको साक्षी पनि भइन्छ बेला मौका ।
- रगत, एक्सरे वा यस्ता केहि जाँच बिना र स्टेथेस्कोप केहि नलाई पनि कतै जाँच हुन्छ ! मानसिकका डाक्टरको कस्तो तरीका !
......... ........... ...........
Friday, September 25, 2015
'My friend, Suicide and Me' : an article published on the occasion of World Suicide Prevention Day (Spetember 10, 2015)
मेरो साथी, आत्महत्या र म
त्यो दुःखद खबरबाह्रतेह्र वर्ष जति पहिलेको कुरा हो, म भर्खर साइक्याट्रीमा एमडी पढ्न गएको थिएँ । त्यसको केही महिनापछि उपत्यकाबाट आएको यौटा खबरले मलाई मर्माहत बनायो । भर्खर भर्खर मानसिक स्वास्थ्य र समस्याको भेउ पाउन थालेकै बेलामा मैंले त्यो दुःखद यथार्थ बेहोर्नुपरेको थियो । त्यो पनि एक मानसिक रोगका चिकित्सकका लागि अत्यन्त महत्वपूर्ण सन्दर्भ । त्यो हो आत्महत्या । मेरा एक अनन्य मित्रले आत्महत्या गरेर यो संसार त्यागेका थिए । समाचारले मेरो दिमाग शून्य रह्यो केही समय । हैन होला जस्तो पनि लाग्यो । यस्तो संवेदनशील कुरा किन गर्थे त्यत्तिकै । दुःखद आश्चर्यले मनोकाश मडारिरह्यो । ‘किन ग¥यो, के भयो, मलाई किन भनेन, निकट मित्र भएर पनि मलाई भनेन, मैले पनि उसको पीडा बुझ्न सकिन, मैले केही गर्न सकिन, सर्वशक्तिमान भनिने भगवान्ले पनि भर्खर डाक्टर भएर केही गर्ने बेलाकै मानिसलाई देख्यो र लग्यो, नाबालक बच्चा, भर्खरका श्रीमतीलाई के हुने हो अब ?, मैले कसरी उसका आमाबालाई फेस गर्नु ? आदि इत्यादि ।’ कहाँ जाऊँ ? के भनँु ? के गरुँ ? कसलाई सुनाऊँ ?, मनमा छट्पटी र बेचैनी † तर के गर्ने, थाहा थिएन ।
आत्महत्याबारेको समझ
संजोगले म साइक्याट्रीको विद्यार्थी थिएँ, हरेक दिनजसो आत्महत्याको विचार, हुटहुटी भएका र, प्रयास गरेका व्यक्तिहरू उपचारका लागि ल्याइन्थे । तिनीहरूमा सबिस्तार बुझ्दै लाँदा विविध मानसिक र शारिरीक लक्षणहरू, त्यसतिर ढकेल्ने परिस्थिति र तनाव अनि थरीथरी मनोरोग वा नशालुपदार्थको सेवनजस्ता कारकतत्वहरू औंल्याउँथे मेरा आदरणीय फ्याकल्टी र सिनियरहरू । जबकि गाउँठाउँमा पहिले मानिस हुतीहारा भएको, कमजोर भएको वा यस्तै कुरा औंल्याएको देख्थेँ म । यसरी सबिस्तार औंल्याइएका मनोसामाजिक परिस्थिति र कारक स्वास्थ्य समस्याहरूको सम्बोधन गर्दै उपचार प्रक्रिया अघि बढाउनु र बिस्तारै राम्रो भएको दृष्टान्त हेर्नु पनि मेरो तालिमको एक दैनिकीजस्तै बन्दै गयो । अन्तर्निहित स्वास्थ्य समस्या उपचारले निको हुँदै गएपछि व्यक्तिमा पहिले उब्जेका हीनता, एक्लोपन, बेसहारापन, निराशा, आत्महानीका सोच, आत्महत्यासम्मका आवेग, योजना र तदनुरूपका व्यवहार हराएर गएको पनि देखेँ मैले । मानसिक चिकित्साको तालिमकै क्रममा यस्ता बिरामीहरूको सोधपुछ, जाँच र उपचारको क्रममा मैले मेरा साथीका बारेमा सम्झँदै, गुन्दै र बुझ्दै जाने मौका मिल्यो । उसलाई पहिले भएका समस्या, उसमा आएका परिवर्तनहरू, समयसँगै उब्जेका प्रतिकूल परिस्थितिहरू र उसलाई आत्महत्यातिर ढकेल्ने हाम्रा दुःखद पक्षहरू यो समस्यासँग जुधिरहेका धेरै मानिसहरूको यथार्थ बुझ्नमा मेरा लागि सहयोगी रहे ।
आत्महत्याको कारक पृष्ठभूमि
ऊ एक अस्पतालमा काम गथ्र्यो, उसको पहुँचमा विविध खालका औषधिहरू थिए । उसले अत्यधिक औषधि लिएको थियो र क्वाटरको कोठामा भेटिंदाखेरि बेज्यान थियो भन्ने सुनेँ । उसले त्यो वर्ष पनि एमडीका लागि अवसर पाएन । त्यस विषयमा दुःख पनि पोखेको र आफैदेखि विरक्त भएको बताएको थियो रे । उसका पत्नी र काम गर्ने सहपाठीहरूलाई बीचमा अलि राम्रो भएको पहिलेको समस्या उल्टिएको जस्तो लागिरहेको थियो रे । निद्रा नलाग्ने, काममा रुचि नहुने, दिक्क मान्ने, सानो सानो कुरामा आवेशमा आउने भएर परिवारसँग पनि खट्पटी परेको रहेछ । कलहकै बीचमा घर छाडी ड्युटीमा हिँडेको रहेछ । क्वाटरमा ऊ एक्लै रह्यो केही दिन । बीचमा चुरोट र बियर पनि लिने भएको रहेछ । साइक्याट्रीमा देखाएर दबाई पनि लिन्थ्यो तर ऊ आफूखुसी तलमाथि गथ्र्यो रे । त्यो बेला निगरानी हुन सकेन । मलाई अब याद भयो यस विषयमा एकपल्ट हामी एमबीबीएस पढ्दै गर्दा पनि साथीभाइबीच कुरा भएथ्यो । त्यो बेला हामीलाई यस्तोमा दबाई र उपचारको रोलबारेमा स्पष्टता र भरोसा अलि थिएन । उसलाई त्यो बेला पनि निद्रा नलाग्ने, पढ्न केही गर्न मन नलाग्ने, छट्पटी र दिक्क लाग्ने, पढेको पनि नबुझिने, धूमपान ज्यादा गर्ने भएको भन्ने उसकै रुममेटले चस्स भनेको याद आउँछ । अलि राम्रो भएपछि ऊ दबाई कसैलाई नभनी छाड्दो रहेछ । एकपटक उसले सानै कुरामा पनि ज्यादै आवेसमा आएको, खाना नखाएको र नसुतेको पनि मलाई सम्झना भयो । कडा रिसको र आवेशमा आउने मान्छे, रिसाएर भएको होला भन्ने भयो त्यो बेला । तर अहिले सम्झँदा मलाई यकिन भयो उसलाई बेलाबेला रोग बल्झिएको थियो ।
मनोचिकित्सकको रूपमा मेरो भन्नु
उपचार, व्यवस्थापन, परिवार साथीभाइको निगरानी, साथ सहयोगले यस्ता समस्याग्रस्त मानिसलाई राम्रो भएको मैले प्रत्यक्ष दखेको छु र आफै पनि प्रत्यक्ष उपचार प्रक्रियामा संलग्न भएको छु । कसरी यस्ता मानिसहरूलाई यस्तो दुःखान्त चंगुलबाट बचाउने भन्ने ध्याउन्नले मेरो मनलाई पछ्याइरह्यो । एमडी सिद्धिएकै वर्ष यसबाट पीडित व्यक्ति, तिनका आफन्त, परिवारजन, चिकित्साशास्त्रका विद्यार्थी, चिकित्साकर्मीहरू र सर्वसाधारणका लागि भनेर यस विषयमा मैले आफूले जानेका र बुझेका तथ्यहरू समावेश गरेर एक पुस्तक ‘आत्महत्या र मनोरोग : हाम्रो दायित्व’ प्रकाशनमा ल्याएँ । म चाहन्छु, मानसिक समस्या र आत्महत्याबारे हामी सुसूचित रहौं, यसको समस्या कथंकदाचित् आइपरेमा के गर्ने भन्ने कुरामा अन्योल हटोस्, यो समस्या र पीडित व्यक्तिहरूप्रतिको हाम्रो नकारात्मक दृष्टिकोण हटेर सत्यतथ्यको अवलम्बन होस् र आवश्यक सेवासुविधा उपलब्ध हुँदै जाऊन् । मानसिक रोग आत्महत्याको मुख्य र सबभन्दा नजिकको कारण भएको पुष्टि हुँदै गएको छ । मेरा मित्रलाई सताएको जस्तो मनोरोग समाजमा व्याप्त छ, सयकडा १५ देखि २५ मा यसको समस्या हुनेगर्छ । अब मानसिक समयाबारे सुसूचित रहौ र उपयुक्त उपचार उपाय गरौ । मेरा मित्रको जीवनमा जस्तो तनाव मानव जीवनको अभिन्न पाटो हो र कतिपय मानिसमा तनावले आत्महत्याको आवेग बढाएको देखिन्छ । हर व्यक्ति तनाव व्यवस्थापनबारे सचेत रहौ र हाम्रो शिक्षा, संस्कार र व्यवहारमा तनाव बहन गर्ने कला, सीप र क्षमतालाई महत्वका साथ अपनाऔं । आत्महत्याको आशय, सोच, आवेग र व्यवहार हावी भएको मनमा तेलको काम गर्ने नशालु पदार्थको प्रयोग हामीकहाँ व्याप्त छ । मेरा मित्रले जस्तो यसलाई दुःख होस् वा सुखमा, जीवनको साथी नबनाऔं । दुर्घटना, व्याधि वा आत्महत्या, कुनै न कुनै रूपमा मानव जीवनलाई खती नै गरिरहेको हुन्छ भन्ने नभुलौ । कसैमा आत्महत्याका खतरा सूचक लक्षणहरू देखिएका छन्, यसका सम्भावना वा खतराक तत्वहरू छन् वा कसैको आफन्तले आत्महत्यामा जीवन गुमाउँदाको स्थिति छ भने सम्बन्धित सबै सतर्क रहौं । आफैमा वा आफ्ना प्रियजन कसैमा आफैलाई हानि गर्ने सोच आएमा के गर्न सकिन्छ, कसको सहयोग लिन कहाँ सम्पर्क राख्न सकिन्छ भनी सुसूचित रहौं । यस्ता खतरा देखिएका व्यक्तिलाई एकछिन पनि एक्लै नछाडौं । यस्तो स्थितिमा परिवारजन, साथीभाइको सहयोग जुटाऔं । आत्महत्याको आवेगको बेला व्यक्तिको पहुँचबाट यस्तोमा प्रयोग हुनसक्ने साधन हटाऔं । आत्महत्याको हुटहुटी र सम्भावना भएको बेला हटलाइन (सम्पर्क नं. काठमाडौं : ९८४००२१६००, धरान : ९८०२७९५२८२, बुटवल : ९८०२६३७१११) मा सम्पर्क राख्न सकिन्छ । सम्बन्धित स्वास्थ्यकर्मीको उपचारमा शीघ्र जाऔं । यस्तो चक्रव्यूहमा परेका कसैले साथ सहयोग, सेवासुविधा र उपचार नपाएर एक्लै तड्पिएर आत्महत्यामा ज्यान गुमाउन नपरोस् ।
आज फेरि मनन गरौ
यो (विश्व आत्महत्या रोकथाम) दिवसले मलाई मेरो जीवनको एक दुःखान्त घटनाको सम्झना दिलाउँछ । म त्यसलाई सचेत मनले यत्नपूर्वक एक अभियानका लागि प्रेरणा बनेको सिद्ध गर्न चाहन्छु । हरेक त्यस्तै खबर सुने, पढेपछि र पीडित व्यक्ति अगाडि आएको बेला सम्झन्छु, यसको रोकथामका लागि हामीकहाँ धेरै कुराहरू गर्नुपर्छ । यसतर्फ केही सकारात्मक असर छोडोस् हर वर्षको यो दिवसले । यो सन् २०१५को वर्ष, नेपालीहरूका लागि भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक र द्वन्द्व, झडप जस्ता मानवकृत तनावहरूको शृंखलाले भरिपूर्ण वर्ष सावित हुँदै छ । आत्महत्या त्यत्तिकै पनि भयावहको रूपमा रहेको छ हामीकहाँ । यस्तो परिस्थितिमा यो समस्या अझ नबढोस् भन्नेतिर सजग बनौं । यस वर्षको अवधारणा छः आत्महत्या रोकथामका लागि ः पीडितसम्म पुगौं र जीवन बचाऔ’ । जो आत्महत्याको खतरामा छ, जसमा खतरासूचक लक्षणहरू छन्, जसका आफन्त आत्महत्याले बिते, तिनका पहुँचमा आवश्यक आडभरोसा, सहयोग, उपचार व्यवस्थापनको सेवा पु¥याऔं । आत्महत्या जस्तो दुःखान्तको रोकथामका लागि काम गरौं । यसमा तपाईं, हामी सबैको सचेत जागरुगता र सहभागिता आवश्यक भएको छ । अस्वस्थ र बिचलित भएर एक्लोपन र एकान्तमा अब कोही मित्र आत्महत्याद्वारा नगुमून् ।
– लेखक वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ, एडिसनल प्रोफेसर हुन् ।
Email- drdhanashakya@yahoo.com
Subscribe to:
Posts (Atom)






