
मे ३१ का दिन संसारभर ‘विश्व धूमपानविरोधी दिवस’ मनाउने चलन बसेको धेरै
भइसक्यो । यस दिन निकोटिन वा सुर्तीजन्य पदार्थहरुबाट सिर्जित
समस्याहरुबारे मनन् र जनचेतना अभिवृद्धि गर्ने तथा उपयुक्त कदमका लागि
पैरवी गर्ने मूल प्रणसहित कार्यक्रमहरु हुन्छन् । यस वर्ष (सन् २०१४) यसको
रोकथामका कार्यक्रमहरुको प्रभावकारिताबारे मूल्याङ्कन गरी यसमा करको दर
बढाउादा यसको प्रयोग र समस्यामा कमी आएकोले कर वृद्धि गरी उठेको कर यसैको
रोकथाम र अन्य कार्यक्रममा लगानी गर्नुपर्ने अवधारणासहित यो दिवस मनाइदैछ ।
यस अवसरमा यहा निकोटिन र यसका समस्याबारे चर्चा गरिदैछ ।
परिचय:
मन–मस्तिष्कलाई असर पार्ने पदार्थहरुको कुरा गर्दा अक्सर बिर्सिने तर
अत्यधिक लत लगाउने नशालु चिज हो, निकोटिन । निकोटिनयुक्त पदार्थहरु मूलत:
चुरोट, बिाडी, सिगार, तमाखु, कङ्कड, सुल्पा जस्तो धुवा तान्ने (smoking) र
सुर्ती, जर्दा, पान मसला, नस, गुट्खाजस्ता धुावारहित (smokeless) रुपमा
सेवन गर्ने चलन छ । निक्कै पहिलेदेखि नै शुरु भएको भए पनि यी पदार्थको
प्रयोगमा बीसौं शताब्दीमा उल्लेख्य वृद्धि भएको थियो । ...................
by Dr. Dhana Ratna Shakya, MD (Published in Blast Times National, 31 May 2014). For Detail reading, please click the link-
http://blast.com.np/newsdetail-8433-10.html