Wednesday, April 16, 2014

फोबिया (Phobia) अर्थात् डर

परिदृश्य ः


-    संसार जित्ने अदम्य साहस भएका नेपोलियन बिरालोदेखि डराउँथे रे ।

-    सानुनानु एक्लै सुत्न डराउँछे ।

-    धेरैलाई कुकुर, सर्प वा साङ्ला वा यस्तै कतिपय अरू मानिस नडराउने कितपतंग, जन्तुजनावरसँग अत्यधिक डर लाग्ने गर्छ ।

-    पहिले पहिले कार्यक्रम आयोजना गर्दै हिँड्ने मोहनजी (नाम परिवर्तन) लाई केही महिनायता अरू मानिसको अगाडि बोल्न, वा केही गर्नसम्म डर लाग्ने भएको छ ।

-    प्रिमिला मेडिकल एजुकेसन चाहन्थिन् तर इन्जेक्सनको डरको कारणले गर्दा फाइनान्सतिर लागिन् ।

परिदृश्यमा चित्रित गरिएका नेपोलियन, सानुनानु, मोहनजी, प्रमिलाजी र अरू धेरै मानिसलाई कुनै जन्तु जनावर, किटपतंग, वस्तु, रगत, ठाउँ वा अवस्थाप्रति प्रष्ट रूपमा डर भएको देखिन्छ । यस्तो डर (fear) लाग्ने मानिस आफूलाई के कुरामा डर लाग्ने हो सो कुरा र आफ्नो मनको आन्तरिक अनुभूतिसँग पनि भलिभाती प्रस्ट हुनेगर्छ ।
for detail reading, please visit-http://www.ekantipur.com/qatar/news/news-detail.php?news_id=207184

No comments:

Post a Comment